रुसमा वाग्नर समूहको विद्रोह स्थगित, कब्जा गरेका सहर फिर्ता, प्रमुखले देश छाडे


एजेन्सी, रुसमा विद्रोह थालेको भाडाको सैन्य समूह वाग्नरले सबै कार्यक्रम फिर्ता लिएको छ ।

शुक्रबार रातिदेखि सरकारविरुद्ध एकाएका कारबाहीको घोषणा गरेको र दुई वटा सहर कब्जा गरेको वाग्नरले विद्रोहका कार्यक्रम फिर्ता लिएको बीबीसीले जनाएको छ ।

पछिल्लो रिपोर्ट अनुसार वाग्नर समूहले मस्कोतर्फको आफ्नो यात्रा रोकेको छ। वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रक्तपात रोक्नको लागि उनले आफ्ना लडाकुहरूलाई मस्को जानबाट रोकेको आफूहरु अब आफ्नो आधारमा फर्किरहेका बताएका छन् ।

वाग्नर समूहका प्रमुख प्रिगोजिन रुस छाडेर बेलारुस प्रस्थान गरेका छन् । जहाँ उनले रुसी प्रतिनिधिसँग वार्ता गर्ने अपेक्षा छ ।

यसअघि उनिविरुद्ध सरकारले सेनाविरुद्धको अपराधमा मुद्दा चलाएकोमा अब मुद्दा फिर्ता लिने पनि खबरमा उल्लेख छ।

केही रिपोर्टहरूले भनेका छन् कि उनी मस्कोबाट २ सय किलोमिटरको त्रिज्यामा पुगेका थिए। यसअघि, येभगेनीले आफ्नो टेलिग्राम च्यानलमा एक अडियो सन्देशमा भनेका थिए कि उनी रूसी राजधानी तर्फ लागेका लडाकुहरूलाई रोक्न गर्न सहमत भएका थिए।

रसिया २४ न्यूज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले येभगेनी प्रिगोजिनसँग कुराकानी गरेका छन् र प्रिगोजिनले आफ्ना लडाकुहरूको मस्कोतर्फको यात्रा रोक्न र स्थिति थप बिग्रन नदिन सहमत भएका छन्।

लुकासेन्कोको प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै रोसिया २४ न्युज च्यानलले लुकासेन्कोको मस्कोसम्मको मार्चलाई बीच बाटोमा रोक्ने प्रस्तावलाई प्रिगोजिनले स्वीकार गरेको बताएको छ ।

वार्ता चलुञ्जेल वाग्नरका लडाकूलाई कुनै पनि खतरा उत्पन्न हुन नदिन रुस सरकार तयार पनि भएको छ । निजी सेनाको समूह वाग्नरले युक्रेन युद्धमा रूसी सेनाको लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

विशेष बाख्मुतको युद्ध जित्न वाग्नरको ठूलो हात थियो । रुसी सेनालाई हम्मे हम्मे परेको बाख्मुत युद्ध जित्न वाग्नर समूह परिचालित भएको थियो ।

 


प्रकाशित मिति : २०८० असार १०, आईतवार गते

धेरै पढिएको

ताजा समाचार