काठमाडौ, आइतबार पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।
ती प्रदेशका एकरदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा सामान्यदेखि पूर्णतया बदली छ ।
आज बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकरएक स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहनेछ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आइतबार राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
भारी वर्षा र मेघगर्जन, चट्याङका कारणले हुनसक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति : २०८० असार १०, आईतवार गते

