तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, १ लाख ११ हजार रुपैयाँ कायम


काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मंगलबार मात्रै प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबि सुुन आज घटेर १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ भने मंगलबार १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित मिति : २०८० असार ६, बुधबार गते

धेरै पढिएको

ताजा समाचार