प्रतिनिधिसभा बैठक बस्दै, पाँच वटा मन्त्रालयको बजेटमाथि छलफल हुने


काठमाडौ, आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा पनि विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुने तय भएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल भएको थियो ।


प्रकाशित मिति : २०८० असार ४, सोमबार गते

धेरै पढिएको

ताजा समाचार