पाँचथरमा बाढीले बगाउँदा छ जना बेपत्ता


फिदिम, अविरल वर्षासँगै गए राति आएको बाढीले पाँचथरमा छ जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएको हो ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।

यस्तै याङवरक गाउँपालिका ३ र २ मा पनि घर बगाएको छ । तर, क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मिति : २०८० असार ३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार