कालिमाटीको सडकमा गोलभेंडा फालेर किसानले गरे आन्दोलन


काठमाडौं, कालीमाटीस्थित तरकारी बजारमा किसानले गोलभेंडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्। उचित मूल्य नपाएपछि किसानले गोलभेंडा सडकमा फालेका हुन्।

विरोधमा उत्रिएका एक किसानका अनुसार अहिले गोलभेंडा प्रतिकिलो ८ रुपैयाँमा बिक्री भइरहेको छ। एक क्रेट गोलभेंडा बेच्दा सय रुपैयाँ पनि नआएसी उनीहरू आन्दोलित भएका हुन् ।

कालीमाटी तरकारी बजारको गोदाममा रहेको १५ टनभन्दा बढी गोलभेंडा आज सडकमा फालिने किसानले बताएका छन्।

अझै पनि सरकारले गोलभेंडालगायत अन्य तरकारीको सुहाउँदो मूल्य नतोके अब माइतीघर र सिंहदरबार अगाडि फालेर विरोध गर्ने उनीहरूले चेतावनी दिएका छन्।


प्रकाशित मिति : २०८० असार ३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार