भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा पठाउने नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो ।

पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रति लिटर ८६ पैसा र डिजल प्रति लिटर ३४ पैसा बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।

यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १२ रुपैयाँ र डिजेल लिटरमा १५ रुपैयाँ नाफा रहने निगमले जनाएको छ।


प्रकाशित मिति : २०८० असार २, शनिबार गते

धेरै पढिएको

ताजा समाचार