एजेन्सी, चक्रवात विपरजोय पाकिस्तानको कराँची सहरतर्फ सर्दै गएपछि सरकारले तटीय क्षेत्रका एक लाख मानिसलाई सुरक्षित स्थानमा सार्न सेना परिचालन गरेको छ ।
आँधी तीव्र गतिमा देशको दक्षिणी सिन्ध प्रान्ततर्फ बढिरहेको छ । पाकिस्तानको मौसम विभागको पछिल्लो जानकारी अनुसार बिपरजोय कराँची तटबाट ४ सय १० किलोमिटर दक्षिणमा अर्थात आँधीको गति अनुसार ६ घण्टा टाढा छ।
विपरजोय आँधीलाई अति खतरनाक देखि अति खतरनाक श्रेणीमा राखिएको छ । यो चक्रवात जुन १५ अर्थात विहीबारसम्म सिन्धको तटीय क्षेत्रमा पुग्ने सम्भावना छ ।
जुन १५ मा नै यो चक्रवात भारतको गुजरातको तटमा पनि पुग्नेछ । पाकिस्तान मौसम विभागका अनुसार यसको तीव्रता जुन १७(१८ सम्म कमजोर हुने सम्भावना छ।
सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले यस क्षेत्रमा आपतकालिन घोषणा गरिएको छ । सेना र नौसेनालाई खतरा क्षेत्रबाट ८० हजार मानिसहरूलाई बाहिर निकाल्न खटाइएको छ।
थाटा, केती बन्दर, सुजावल, बदिन, थारपार्कर र उमरकोट जिल्लामा ठूलो मात्रामा विस्थापित भइसकेको शाहले बताए ।