विराटनगर, विराटनगर भन्सार कार्यालयमा निरन्तर मोटो रकम बराबरको भन्सार राजश्व चुहावट भएपनि नियामक निकाय बेखबर छ ।
यसरी निरन्तर भन्सार राजश्व चुहावटमा विराटनगर भन्सारका कर्मचारी नै प्रत्यक्ष संलग रहेको स्थानीयको भनाइ छ ।
विराटनगर भन्सार कार्यालयबाट चेक जाँच पास भएर छुटेको प्रत्येक कन्टेनर, ट्रक र ट्याक्टरले बोकेको सामानमा न्यूनतम १ लाखदेखि बढि रकम बराबरको राजश्व चुहावट हुने गरेको छ ।
प्रत्येक दिन विराटनगर भन्सार कार्यालयबाट कम्तिमा १ सयदेखि बढिमा ४ सयसम्म मालसामान बोकेको गाडी छुट्ने गरेका छन् ।
एउटा ट्रकमा १ लाख रुपैयाँका दरले मात्रै राजश्व चुहावट भईरहेको छ भने प्रत्येक दिन मोटो रकम बराबरको राजश्व चुहावट भईरहेका छन् ।
यस विषयमा नेपाल सरकारको अर्थमन्त्रालय तथा भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन रहेका छन् ।
केही दिन अगाडी विराटनगर भन्सार कार्यालयबाट चेकजाँच पास भउर छुटेको एउटा ट्रकलाई राजश्व अनुसन्धान कार्यालय इटहरीले नियन्त्रणमा लिएर पुनः सामान चेक जाँच गर्दा १५ लाखभन्दा बढि रकम जरिवाना गरेर ट्रक सहित सामान छोडिएको थियो ।
भन्सार एजेन्ट, भन्सार प्रतिनिधका सहयोगीले ती सामान विराटनगर भन्सार कार्यालयबाट छुटाएका थिए । भन्सार प्रतिनिधि सन्तोष खरेलले ति प्रज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए ।
भन्सार अधिकृत सुभास श्रेष्ठ र जाँचकीले ति सामान चेक जाँच गरेर छोडेका थिए ।
१ महिना यता राजश्व अनुसन्धान कार्यालयल इटहरीले ३० भन्दा बढि सामान बोकेको गाडी नियन्त्रणमा लिएर पुन सामान चेकजाँच गर्दा १ ट्रकमा न्यूनतम १ लाख ५० हजार देखि बढिमा १५ लाख रुपैयाँ सम्म जरिवाना गरेर सामान छोडेका छन् ।
राजश्व अनुसन्धान कार्यालय इटहरीले जरिवाना गरेर छोडेका सबै ट्रक विराटनगर भन्सार कार्यालयबाट चेक जाँच पास भएको हो ।
यस्ता कार्यमा संलग्न भन्सार अधिकृतदेखि जाँचकीसम्मलाई भन्सार प्रमुखले कुनै कारवाही गरेका छैनन् ।
भन्सार कार्यालय निकट समाचार सुत्रका अनुसार भन्सार राजश्व चुहावट कार्यमा भन्सार प्रमुख ढकालको प्रत्यक्ष संलग्नता रहेकोले अधिकृतदेखि जाँचकी सम्मलाई कुनै कारवाही गर्ने गरेको छैन ।
तेस्रो देशबाट नेपाल आयात हुने सामानको मूल्याङ्क भन्सार कार्यालयको मुख्याङ्कन शाखाले तोक्ने गरेका छन ।
भन्सारमा १ जना अधिकृत र १ जना नायब सुब्बालाई भन्सार कार्यालयमा मूल्याङ्कन शाखाको जिम्मेवारी भन्सार प्रमुखले तोक्ने व्यवस्था छ ।
तर, दोस्रो देशबाट नेपाल आयात हुने गरेको सामानको मूल्याङ्कन तोक्ने अख्तियारी सम्बन्धीत भन्सार अधिकृत र जाँचकीमा निहित छ ।
भन्सार ऐनले गरेको व्यवस्थाको फाइदा उठाउदै अधिकृत र जाँचकीले सामान छुटाउने सहयोगी, प्रतिनिधि र भन्सार एजेन्ट सँग साठगाठ गरेर मोटा रकम राजश्व चुहावट गर्ने कार्यमा संलग्न हुने गरेका छन् ।