यो साता रु. ५ हजारले बढ्यो सुनको भाउ, आज पनि बन्यो मूल्यमा नयाँ कीर्तिमान


काठमाण्डौ, नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ नयाँ उचाइ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ।

सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। हिजो प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च थियो।

यो सातामात्रै सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको भाउ लगातार बढिरहेको छ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

 


प्रकाशित मिति : २०८० जेष्ठ १९, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार