भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, हवाई इन्धन र ग्यासको भाउ भने घट्यो


काठमाण्डौ, भारतले नेपाललाई पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ।

इन्डियन आयल कर्पोरेसन ९आईओसी०ले प्रतिलिटर पेट्रोलमा २.०४ रुपैयाँ र डिजेल २.११ रुपैयाँ पठाएको नेपाल आयल निगमले जनाएको छ।

नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँमूल्य सूची पठाउँछ। उसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्य घटबढ हुँदा सोहीअनुसार समायोजन गरेर पठाउने गरेको छ।

अघिल्लो वर्ष आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो। हाल नेपालमा प्रतिलिटर पेट्रोलको १७५ रुपैयाँ तथा डिजेल र मट्टीतेल १५५ रुपैयाँ उपभोक्ता मूल्य रहेको छ।

पेट्रोल र डिजेलको मूल्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारीमा निगम छ।

यसैगरी आईओसीले हवाई इन्धन र ग्यासको मूल्य भने घटाएर पठाएको छ। नयाँ मूल्यसूचीअनुसार हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेर आएको छ।

निगमका अुनसार एलपी ग्यासमा प्रतिसिलिन्डर ४९ रुपैयाँ मूल्य घटेर आएको छ।


प्रकाशित मिति : २०८० जेष्ठ १९, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार