काठमाडौं, नेपाल सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई शनिबार बसेको संसद्को बैठकले पारित गरेको हो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको जानकारी गराएका थिए ।
यसअघि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक जेठ १४ गते दिनको १ बजे बस्ने छ ।