बराही शक्ति मावि बडारेको निर्माणाधीन सडक बन्यो जिल्लाकै नमूना


नुवाकोट , नुवाकोट बेलकोटगढी नगरपालिका–१३ मा निर्माणधीन बराही शक्ति मावि बडारेको निर्माणधीन सडक जिल्लाकै नमूना बन्ने भएको छ ।

यसको निर्माणको जिम्मा नागार्जुन कल्पवृक्ष जेभीले लिएको हो । निर्धारित समयभन्दा ६ महिना अगाडि नै ७० प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।

७ किलोमिटर लामो उक्त सडक स्थानीय पूर्वाधार विकास कार्यालयको इन्जिनियरको रोहबरमा गुणस्तरीय निर्माण कार्य भइरहेको छ ।

स्थानीयका अनुसार निर्माण स्थल व्यवस्थित रुपमा सञ्चालन भएको, कतैबाट पनि गुनासो नआएको निर्माण पक्षले बताएको छ ।

वातावरणीय मूल्यांकनअनुसार निर्माण कार्य भइरहेकाले पर्यावरणमा कुनै असर नहुने गरी निर्माण कार्य तीब्र गतिमा भइरहेको छ ।

बाँकी रहेको ३० प्रतिशत काममध्ये सडक पिचलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ ।

पिच निर्माणका लागि प्राविधिक जाँच बाँकी छ । प्राविधिक परीक्षणका लागि काठमाडौं लगिएको हुँदा अहिले पिच गर्ने काम तत्काल अगाडि बढेको छैन ।

प्राविधिक परीक्षण भएर आएपछि पिच गर्ने काम पनि तीब्र रुपमा अगाडि बढ्ने निर्माण पक्षले जनाएको छ ।


प्रकाशित मिति : २०८० जेष्ठ १३, शनिबार गते

धेरै पढिएको

ताजा समाचार