केन्द्रीय बैंकले २९ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्ने


काठमाडौ, नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ ।

यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले ३४ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो ।

पछिल्लो पटक बिक्री गर्न लागिएको ट्रेजरी बिल २८ दिने अवधिदेखि तीन सय ६४ दिने अवधिसम्मको छन् ।

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकका अनुसार हाल ट्रेजरी बिलको अल्पकालीन ब्याज सात दशमलव ९१ प्रतिशत बराबर रहेको छ ।

यस्तै तीन सय ६४ दिनको ब्याज भने आठ दशमलव ८० प्रतिशत बराबर छ । अन्तरबैंक ब्याजदर भने सात प्रतिशत बराबर छ ।


प्रकाशित मिति : २०८० जेष्ठ १३, शनिबार गते

धेरै पढिएको

ताजा समाचार