बढ्यो पैसाको सर्कुलेसन, वैशाखसम्म रु. ६.२३ खर्ब बजारमा


काठमाण्डौ, बजारमा पैसाको सर्कुलेसन बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकले बजारमा पैसाको सर्कुलेसन बढेको देखाएको हो।

गत आर्थिक वर्षको असारसम्मको तुलनामा चालु आर्थिक वर्षको वैशाखसम्म बजारमा पैसाको सर्कुलेसन ११ अर्ब ८७ करोड रुपैयाँले बढेको छ।

गत असार मसान्तसम्म बजारमा पैसाको सर्कुलेसन ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ रहेकोमा वैशाख मसान्तसम्म आउँदा बढेर ६ खर्ब २३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब १२ अर्ब ८३ करोड रुपैयाँ निक्षेप जम्मा भएको छ।

नेपाल सरकारको १ खर्ब ८४ अर्ब ५९ करोड र अन्य वित्तीय संस्थाहरुको १७ अर्ब ८४ करोड रुपैयाँ जम्मा भएको राष्ट्र बैंकले जनाएको छ।

वैशाखसम्म आईएमएफसँग सम्बन्धित दायित्व ११ अर्ब ८ करोड रुपैयाँ रहेको छ। गत असारसम्म यस्तो दायित्व ११ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो।


प्रकाशित मिति : २०८० जेष्ठ १२, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार