काठमाडौ, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने बैठकमा मंगलबार पनि सरकारको नीति तथा कार्यक्रममाथि आज छलफल जारी रहनेछ ।
गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो ।
नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल चलिरहेको छ । यो छलफल बिहीबारसम्म चल्नेछ । नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुनर्लेखन गर्नुपर्ने सुझाव दिँदा सत्तापक्षका सांसदले भने नीति तथा कार्यक्रमको बचाउ गरेका छन् ।