थापाथली र सुन्धारादेखि नागार्जुन नगरपालिकाको रामकोटमासमेत धमाधम बन्दै छन् एक करोडदेखि ११ करोडसम्मका पाँच अपार्टमेन्ट


काठमाडौं, काठमाडौंमा एकै पटक ५ वटा अपार्टमेन्ट बनिरहेका छन्। सहरबीचको थापाथली र सुन्धारादेखि नागार्जुन नगरपालिकाको रामकोटमासमेत नयाँ अपार्टमेन्ट बनिरहेका छन्।

२०७२ सालको भूकम्पपछि काठमाडौंमा ठूला अपार्टमेन्ट बनेका थिएनन्। भूकम्पले अग्ला अपार्टमेन्टलाई क्षति पुर्‍याएसँगै आकर्षण घटेको थियो।

तर, पछिल्लो समय भूकम्प प्रतिरोधी ठूला अपार्टमेन्ट बन्न थालेका हुन्।

काठमाडौंमै १६२ युनिटसहितको अपार्टमेन्ट बनिरहेको छ। सरकार र बैंकको नीतिका कारण रियल स्टेट व्यवसाय जोखिममा रहेकाले धरै अपार्टमेन्ट अघि बढ्न नसकेको व्यवसायी बताउँछन्।

गत वैशाख महिनामा ३० वटा मात्रै अपार्टमेन्ट किनबेच भएका छन्। जसमा ललितपुरमा १० वटा, चाबहिल मालपोत कार्यालयबाट ११, कलंकी कार्यालयबाट ६ र ३ वटा साँखु कार्यालयबाट किनबेच भएको भूमिअभिलेख विभागले जनाएको छ।

रियल स्टेट व्यवसायीले ग्राहक आकर्षित गर्र्न १ करोड ५७ लाखदेखि ११ करोड रुपैयाँसम्मका विलाशीताका अपार्टमेन्ट निर्माण गरिरहेका छन्।

कम्पनीहरुले प्री–बुकिङ छुटदेखि बैंकिङ फाइनान्सिङको सुविधासमेत रहेको जनाएका छन्।

काठमाडौंमा ठूलो अपार्टमेट कर्मा रेजिडेन्स

पाँचतारे सुविधासहितको कर्मा रेजिडेन्स महाराजगञ्जमा निर्माणाधीन छ। नेपालमा स्काइकर स्ट्रक्चरमा यो अपार्टमेन्ट तयार हुँदैछ।

१६२ वटा लक्जरी युनिट रहेको अपार्टमेन्टमा २।५ देखि ४ बेडरुम, हल र किचन छ। कम्पनीले भारतीय आर्किटेक ल्याएर डिजाइन तयार गरेको छ।

अपार्टमेन्टका हरेक कोठाबाट बाल्कोनीमा जानसक्ने गरी डिजाइन तयार बनेको छ। महाराजगञ्जको अपार्टमेन्ट भाटभाटेनी सुपरमार्केट र कतार भिषा सेन्टरनजिकै बन्दै छ।

१८ वर्ष अमेरिका बसेर फर्किएका कर्मा रेजिडेन्सका अध्यक्ष कर्मा तेन्जिङले ४ लाख वर्गफिटको अपार्टमेन्ट बनिरहेको जानकारी दिएका छन्।

अपार्टमेन्टको बेसमेन्ट ४८ हजार वर्गफिटको छ। अपार्टमेन्टमा स्विमिङ पुल, जिम एन्ड साउना, जगिङ ट्रयाक, बच्चा खेल्ने ठाउँ लगायत सुविधा छन्। अपार्टमेन्टमा २२५ वटासम्म कार पार्किङ गर्ने डबल बेसमेन्ट छ।

रेसिडेन्समा ३ वटा भवन हुनेछन्। सबैभन्दा सस्तो अपार्टमेन्टको प्री–बुकिङ ३ करोड ७५ लाखदेखि ४ करोड रुपैयाँमा गरिरहेको छ। कम्पनीले वर्गफिटको आधारमा प्री–बुकिङ गर्दै आएको छ।

अथर्व इम्पेरियलः ३ बीएचकेको मूल्य ३ करोड ९७ लाख

थापाथलीमा अथर्व इम्पेरियल अपार्टमेन्ट बन्दै छ। विलाशी सुविधा भएको अपार्टमेन्ट १४५० वर्गफिट क्षेत्रमा बनिरहेको छ। हरेक अपार्टमेन्टमा सूर्यको किरण पर्नेगरी डिजाइन गरिको छ।

यहाँ फुल हाइट मोडुलर किचनसहितको २ बीएचके र ३ बीएचकेका अपार्टमेन्ट हुने छन्।

भुइँतलाको २ बीएचके अपार्टमेन्टको मूल्य ३ करोड ४७ लाख रुपैयाँ तोकिएको छ। ३ बीएचकेको ३ करोड ९७ लाख रुपैयाँ तोकिएको छ।

प्रत्येक अपार्टमेन्टमा २ वटा कार पार्किङ, जिमहल, सामुदायिक हल, स्टाफ क्वाटर लगायत सुविधा छन्। २४ सै घण्टा सुरक्षा, विद्युत र खानेपानी सुविधा छ।

आभ्रा भिल्लास स् बिलासी अपार्टमेन्टको ११ करोड

यहाँ २ हजार वर्गफिटको साढे ५ करोड रुपैयाँ छ। ४ हजार वर्गफिटमा बनेको युनिटको ११ करोड रुपैयाँ तोकिएको छ। निर्माणाधीन आयोजना २०२५ अन्त्यसम्म हस्तान्तरण गर्ने योजना छ।

काठमाडौंको ज्ञानेश्वरमा २ रोपनी क्षेत्रफलमा १८ युनिटको अपार्टमेन्ट बन्ने भएको छ। २ हजार वर्गफिटको फ्ल्याटका ३ वटा बेडरुम र ४ हजार वर्गफिटमा ४र५ बेडरुम सहित किचन, डाइनिङ र लिभिङ रुम हुने छन्।

१२ तले यो अपार्टमेन्ट आरभी ग्रुपले निर्माण गरिरहेको छ। यसको डिजाइन भारतका सञ्जय पुरीले गरेका हुन्। विद्युतीय गाडी चार्जिङ सुविधासहित पार्किङ पनि छ।

बृहतको सुन्धरामा २० र रामकोटमा १६ युनिटको अपार्टमेन्ट

बृहत ग्रुपले काठमाडौंको रामकोटमा पाइनहिल टावर निर्माण गरिरहेको छ। रिङरोडबाट २।४ किलोमिटरभित्र २० आना जग्गामा यो टावर निर्माण भइरहेको छ।

२ र ३ वटा बेडसहित किचन, हलसहितको अपार्टमेन्ट छ। ग्राउन्ड फ्लोरमा सुपर स्टोर, सैलुन, जिम र क्याफे रहने छन्।

१६ युनिटसहितको अपार्टमेन्टमा ८ वटा २ वटा बेडसहितका र ८ वटा ३ बेडसहितका हुने छन्।

टावरको दुवैतर्फ सडक सटेका छन्। २ वटा बेडरुम रहेको ११३४ वर्गफिटमा बनिरहेको छ। यसमा २ वटा बेडरुम, २ वटा बाथरुम, किचन, डाइनिङ एरिया र २ वटा बाल्कोनी रहने छन्।

३ बेडरुमसहितको १४७८ वर्गफिटमा बनिरहेकोमा ३ बाथरुम र ३ बाल्कोनी हुने छन्। पाइनहिलले बुकिङ खुल्ला गरिसकेको छ।

त्यस्तै बृहत ग्रुपले टिम भेन्चर्ससँगको सहकार्यमा सुन्धारामा २० वटा युनिटसहितको अपार्टमेन्ट निर्माणाधीन रहेको छ।

१ बीएचके, २ बीएचके र ३ बीएचकेसहितको अपार्टमेन्ट बनिरहेको छ।

थापाथाली हाइटमा १ करोड ५७ लाखमा अपार्टमेन्ट

सिई रियल इस्टेटले निर्माण गरिरहेको थापाथाली हाइट अपार्टमेन्ट ६७ युनिटसहितको बन्दै छ।

एउटा युनिटको ४३८ वर्गफिटदेखि १ हजार ७७ वर्गफिटसम्म क्षेत्रफल छ। थापाथली हाइट अपार्टमेन्टमा ४३८ वर्गफिटको १ करोड ५७ लाख, ५६६ वर्गफिटको १ करोड ८२ लाख र एक हजार ७७ वर्गफिटमा बनेको युनिटको ३ करोड ३२ लाख रुपैयाँसम्मका छन्।

३ रोपनी १४ आनामा निर्माणाधीन रहेकोमा ५ वटा युनिट बाँकी छन्। काठमाडौंमा बनेका अपार्टमेन्टमा सबैभन्दा छिटो बुकिङ थापाथली हाइटको छ।

अपार्टमेन्टमा पुल र जिमहल लगायत आधुनिक सुविधा रहने छन्।

 


प्रकाशित मिति : २०८० जेष्ठ ५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार