पुल निर्माणको माग राख्दै सङ्घीय सांसद सञ्जयकुमार गौतम बसे अनसन


बर्दिया, बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सङ्घीय सांसद सञ्जयकुमार गौतमले आमरण अनशन (सत्याग्रह) सुरु गरेका छन् ।

पूर्व सिँचाइ मन्त्री समेत रहेका गौतमले शनिवार साँझबाट अनसन सुरु गरेका हुन् ।

जब्दीपुल निर्माण, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई बजेटको सुनिश्चितता, सदरमुकाम गुलरिया जोगाउन तटबन्ध निर्माणको बाँकी काम नियमित गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसनमा बसेका हुन् ।

जब्दी पुलमा आमरण बस्नु अघि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

२०६५ सालदेखि निर्माण सुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । चार सय २५ मिटर लामो उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै क्षति भएको छ । पुल हाल काम नलाग्ने अवस्थामा पुगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुल निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ठेकेदार कम्पनीसहित १३ जना कर्मचारीमाथि दोषी ठहर गरेको थियो ।


प्रकाशित मिति : २०८० बैशाख ३१, आईतवार गते

धेरै पढिएको

ताजा समाचार