पर्यटन प्रवद्र्धनमा राज्यका सबै निकायको भूमिका उत्तिकै महत्वपूर्ण


Rabi Singh

Chairman

Society International Travel P. Ltd.

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनुलाई कसरी लिनु भएको छ ?
विमानस्थल भनेको जुनसुकै देशको यातायातको ठूलो संसाधन हो । त्यसमा पनि भौगोलिक विकटताका कारण सडक यातायात जहिल्यै चुनौतीपूर्ण रहने नेपाल जस्तो अधिकांस पाहाडी भूभाग भएको मुलुकको लागि त यातायातको प्रमुख संसाधन बन्दै आएको सर्बविदित्तै छ । काठमाडौंलाई तराई सँग जोड्ने राजमार्ग बर्षायामको पहिरोले अवरुद्ध पु¥याउँदा कायम गरेको लाईफ लाईन होस् या पाहाडमा महिललाई सुत्केरिको हुननसकिरहँदा हेलिकप्टर बाट गरिने उद्धार होस् नेपालमा हवाई उडानले धानेको जीवन र मानवियताको जति बर्णन गरेपनि कमैहुन्छ । यस परिवेशमा देशभित्र बन्ने जुनसुकै विमानस्थलले केहि न केहि आर्थिक, मानविय र सामाजिक भ्यालु एडिसन अवश्य पनि गर्छ । त्यसमाथि पोखरा त नेपालको पर्यटनको केन्द्रविन्दु हो । नेपाल आउने अधिकांस पर्यटक पोखरा नगई नेपाल भ्रमण पुरा भएको मान्दैनन् । छन पनि त्यतिकै सुन्दर छ, अनि पर्यटकिय रुपमा सर्बगुण सम्पन्न छ । जसले गर्दा पोखरामा अत्यावश्यक पूर्वाधारको निर्माण धेरै ढीला गरि सम्पन्न भएको छ । दशकौं अगाडि चर्चामा रहँदै यो विमानस्थल निर्माण भईसक्नुपर्ने थियो, यद्धपी ढिला भएर पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनुले मलाई पोखरा आर्थिक तथा पर्यटकिय विकासको नयाँ चरणमा प्रवेश गरेको महशुष भएको छ ।
देश विकासका लागि पूर्वाधार अपरिहार्य सत्य हो, पूर्वाधारको कमीले हामीले भोगको पछौटेपन र पिडा हामीलाई भन्दा बढी कसलाई थाहा होला र! यस अवस्थामा देशमा बन्ने जुनसुकै पूर्वाधारको म खुलेर प्रसंसा गर्छु । हामीले हाम्रो देश राम्रो हेर्न लायक र गर्व गर्न लायक बनाउनु छ भने यस्ता धेरै पूर्वाधारहरु निर्माणमा अग्रसर बन्नुपर्छ ।
यो विमानस्थलको उपयोगितामा यहाँको कस्तो आशा रहेको छ ?
देशको प्रमुख पर्यटकिय नगरि पोखरालाई अन्तर्राष्ट्रिय जगत सँग प्रतक्ष रुपमा जोड्ने यो विमानस्थल पोखराका लागि अत्यावश्यक थियो । ३० बर्ष पुरानो विमानस्थलले पोखरा जाने पर्यटकलाई सेवा प्रवाह गरिरहँदा हाम्रो देशको बिडम्बना छताछुल्ल भईरहेको देखिन्थ्यो । दशकौं पुरानो प्रविधिमा रहेर पोखरा विमानस्थलमा गरिने उडानहरुमा असुरक्षा र सकस महशुष गंिरंदै आएको थियो । जसको निराकरण भएको छ । मलाई आशा मात्र होईन विश्वास छ यो नयाँ विमानस्थलले पनि धान्नै नसक्ने गरि उडान चाप यो विमानस्थलमा हुनेछ । छिमेकी मित्रराष्ट्रहरुबाट पोखरा सिधा जोडिएपछी यहाँ छुट्टी मनाउन आउने पर्यटकको भिड लाग्नेछ । मलाई लाग्छ संचालनमा आएको केही समयमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले लक्षित यात्रुसंख्या अनुरुप सेवा प्रवाह गर्नथाल्नेछ ।

देशकै दोश्रो विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षाकृत उपादेयितामा आउन नसक्दा थपिएको यस नयाँ विमानस्थलले अतिरिक्त ब्यवभार मात्र बढाउने प्रति पनि आशंका उब्जिनु स्वाभाविक होईन र ?
यो प्रश्नमा दुई अलग पाटा छन् । पहिलो भैरहवा विमानस्थलको संचालन अपेक्षाकृत नहुनु र अर्को पोखराको नयाँ विमानस्थल पनि अपेक्षित उपयोगमा नआउने संभावना हुनु । पहिलो भैरहवा विमानस्थलको कुरा गरौं, त्रिभुवन विमानस्थलमा एक अन्तर्राष्ट्रिय वायुसेवाको दुर्घटना भएपछि हामीले संसार सँग हवाई सम्बन्ध विच्छेद हुँदाको मानविय अवस्था भूल्नु भएन । यो कुनै पनि अर्थ वा मूल्य सँग तुलना हुन सक्दैन । बैदेशिक रोजगारीमा गएको छोर आनो पिताको देहवसानमा समयमै घर फर्किन नसक्ने अवस्थाको चित्रण वा तुलना पैसा सँग हुनसक्दैन । यस्ता हज्जारौं उदाहरण छन् जसले पूर्ण क्षमताको दोश्रो विमानस्थल नेपाल र नेपाली जनताको लागि अपरिहार्य आवश्यकता बनेको थियो । जसलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पुरा गरेको छ । यो चल्नु वा नचल्नु भन्दा पनि यो हुनु नेपालको अपरिहार्य आवश्यकता थियो । अव यो बनिसक्यो यसलाई हामी सबै मिलेर जसरी पनि चलायमान बनाउनै पर्छ । यसमा तपाई हामी सबैको साथ र सहयोग राज्यलाई चाहिन्छ । कारण त्यही हो मैंले जोडबल गरेर जजिरा एअरवेजलाई भैरहवाबाट उडान भर्न आग्रह गरें । निक्कै मिहेनत गरेर गरिएको त्यो उद्घाटन उडान मलाई लाग्छ मैंले यो मेरो जीवनमा गरेका महत्वपूर्ण कार्यको सूचिमा रहन्छ । अव यो विमानस्थललाई बिजनेस दिएर चलायमान बनाउनुछ । यसमा सबैको साथ सहयोग चाहिन्छ । पश्चिम नेपालको जीवनस्तर उकास्नमा यो महत्वपूर्ण संसाधन बनेरै छाड्नेछ यसमा दुईमत छैन । यसले पश्चिम नेपालको व्यवसायिक इकोसिस्टम नै परिवर्तन गर्नेछ । अहिल्यै सीमापारका धेरै भारतीय नागरिकलाई हामीले जजिरा एअरवेजमार्फत सेवा प्रदान गरिरहेका छौं । यो देशको लागि सानो उपलब्धि पक्कै होइन । यो विमानस्थल बनिसक्यो अब यसलाई सेल गर्ने औजारहरु खोज्नुपर्छ । यसको व्यवस्थापनमा सक्षम र अनुभवी कम्पनी भित्र्याएर हुन्छ कि भारतीय पक्षसँग द्विदेशीय सहकार्य थप बलियो बनाएर हुन्छ यो विमानस्थलबाट मध्यपूर्वमा पर्यटकको रुपमा जाने भारतीयहरुलाई सेवा प्रदान गर्ने रणनीति राज्यले लिनुपर्छ । बोधगया सर्किट घुम्न आउने पर्यटकलाई सेवा दिनेगरी व्यावसायिक रणनीति बनाइनुपर्छ । यस्ता प्रयास सार्थक भए हामीले नपत्याउँदो रुपले आनो अर्थतन्त्र बलियो बनाउन सघाउ पु¥याउनेछौं ।
अब जहाँसम्म पोखरा थपिएर व्ययभार थपिएको आशंकाको प्रश्न छ, पोखरा फरक अवस्थामा निर्माण भएको विमानस्थल हो । यो आर्थिक रुपमा आवश्यक थियो । दैनिक ३५ आन्तरिक उडान हुने पोखरा विमानस्थलको हालत ठीक थिएन । पर्यटकीय विमानस्थलको आवश्यकता र मापदण्डमा निक्कै पछाडि थियो । तसर्थ यो बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना मध्येको एक थियो । यसको व्यावसायिकतामा कसैले मिहेनत र माया नै गर्नुपर्ने म देख्दिन । यो विमानस्थल अपेक्षा गरिएको भन्दा निक्कै कम समयमा पूर्ण क्षमतामा सञ्चालनमा आउने मेरो विश्वास रहेको छ ।

क्यानले नयाँ विमानस्थल सञ्चालनका लागि शुल्कमा दिएको छुट वायुसेवालाई ती विमानस्थलमा उडान भर्न आकर्षण गर्न पर्याप्त छ र ?
प्रश्नमै आशंका गरिएजस्तै छैन । ल्यान्डिङ, पार्किङ, नेभिगेसन जस्ता छुट दिँदैमा वायुसेवाले नयाँ विमानस्थलमा उडान भर्ने कारण बन्दैन । यो आकर्षण त हो, तर जुन विमानस्थलले व्यावसायिकता कायम गर्न सक्दैन त्यहाँबाट उडान निरन्तरता हुनसक्दैन । उडान भर्ने वायुसेवाले यात्रु पाउनै पर्छ । ती यात्रु नयाँ विमानस्थलमा पुग्न वायुसेवा, विमानस्थल र राज्य समेतले चनाखो भएर सहकार्य गर्नैपर्छ । यसको ब्रान्डिङ र मार्केटिङ पनि उत्तिकै महत्वपूर्ण रहन्छ । विमानस्थल सञ्चालनको प्रकृया र यसको व्यवस्थापन पनि त्यसमा महत्वपूर्ण अंगको रुपमा रहन्छ । भैरहवा विमानस्थल उद्घाटनको अवस्थामा हामीले त्यो विमानस्थलबाट उडान भर्न पर्याप्त पूर्वाधार छैन भन्ने थाहा पाएरै हामीले उडान भर्न सुरु गरेका थियौं । हामीले काठमाडौंमा श्रम गराएर, यात्रुलाई बसमा राखेर भैरहवा पठाएर पनि उडान सञ्चालन ग¥यौं । त्यो जजिराको व्यावसायिक सिद्धान्तमा आधारित थिएन, हामीलाई यो विमानस्थल सञ्चालन गर्नैपर्छ भन्ने हुटहुटीको परिणाम थियो । तर बिस्तारै त्यहाँ पूर्वाधार बने, राज्यले पनि आना निकायहरु सञ्चालन ग¥यो र अहिले बिस्तारै सहजता उन्मुख भएको छ । यो चाहिँ उपलब्धि हो । मलाई विश्वास छ पूर्वाधार बनिसकेको छ अव व्यावसायिकता त्यसमा अवस्य भित्रने छ ।
हामीलाई ठूला विमानस्थल सञ्चालनको अनुभव छैन । जसको अनुभवका लागि विदेशी सञ्चालक प्रतिस्पर्धाका माध्यमबाट
भित्र्याइनुपर्छ । रेगुलेटरले विमानस्थल चलाउनुपर्छ भन्ने छैन त्यसलाई नियमन गरेर विमानस्थल सञ्चालनका लागि व्यावसायिक र अनुभवी कम्पनी वा ब्रान्डलाई भित्र्याए मात्र हामी सफल हुनेछौं । विमानस्थलको प्रवद्र्धनमा योजना र खाका बनाइनुपर्छ । यसको ब्रान्डिङ गरिनुपर्छ । जसले नयाँ बनेका विमानस्थल छिटो उपयोगमा आउने र देशको आर्थिक समृद्धिमा सघाउ पु¥याउने परिस्थिति बन्नेछ । अहिले गरिएका प्रयासहरु पर्याप्त भने छैनन्, राज्यका निकायहरुको यसमा सजकता र दृष्टि पुग्नुपर्छ ।

नेपालको पर्यटन विकासमा राज्यले कस्तो परिवर्तनको आभाष दिलाउनुपर्छ ?
हामी पर्यटनमा आधारित अर्थतन्त्रको कल्पना गर्छौं तर व्यवहारमा निक्कै टाढा छौं । पर्यटक राम्रो ठाउँ र राम्रा पूर्वाधार भएर मात्र आउँदैनन् । त्यसमा मीठो आतिथ्यता अपरिहार्य छ । हामी अतिथि देवो भवः त भन्छौं, तर विमानस्थलको ढोकैमा प्रहरीले टिकट खोई भनेर पर्यटक थर्काएको भिडियो भाइरल भइरहेको हुन्छ । पूर्वाधार मात्र बनाएर हुँदैन यस्ता स–साना पक्षलाई पनि ध्यान दिन सक्नुपर्छ । दोस्रो कुरा हामीलाई कस्ता पर्यटक आवश्यक छन् पनि मूल्याड्ढन गर्ने बेला आएको छ । युरोपका ट्रेकिङ जाने पर्यटक मात्र कुरेर भएर, भारतबाट आउने धार्मिक पर्यटक पनि उत्तिकै महत्वपूर्ण छन् भने क्षेत्रीय अर्थतन्त्रको अवस्थालाई पनि बुझ्न सक्नुपर्छ । जस्तो अहिले हामीले बंगलादेशी टाका लिएर पर्यटकलाई सेवा प्रदान गर्ने हो भने हामीले बगंलादेशबाट पोखरामा खचाखच पर्यटक आउने निश्चित छ । यस्ता पक्षमा पनि हामीले व्यावहारिकता र डाइनामिक नीति अख्तियार गर्नेबेला आइसकेको देखिन्छ । पर्यटनको प्रवद्र्धन गर्न राज्यका सबै निकायहरुले उत्तिकै महत्वपूर्ण भूमिका खेलेर हाम्रो अर्थनीति बनाउन अब भने ढिला गर्नुहुँदैन ।


प्रकाशित मिति : २०७९ माघ १, आईतवार गते

धेरै पढिएको

ताजा समाचार