स्वदेशी परामर्शदाताका रुपमा नेपाली इन्जिनियरिङ जनशक्तिको क्षमता प्रमाणित गर्दै ईआरएमसी


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ईआरएमसीका लागि कस्तो रह्यो ?
ईआरएमसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको परामर्शदाताका रुपमा नेतृत्व ग¥यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ईपीसी अर्थात इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्सट्रक्सन मोडेलमा निर्माण भएको सर्वविदितै छ । जसअन्तर्गत क्यानका तर्फबाट हामीले परामर्शदाताको भूमिका निर्वाह गरेका हौं । यसमा हाम्रो मुख्य भूमिका डिजाइन रिभ्यु र कन्स्ट्रक्सन सुपरभिजनका रुपमा रह्यो । यस विमानस्थल निर्माणका क्रममा समग्रमा परियोजना व्यवस्थापन परामर्शदाताको भूमिकामा हामी रह्यौं । हाम्रो लागि मात्र होइन, देशकै लागि यो परियोजना धेरै आधारमा नौलो रह्यो । नेपाली परामर्शदाताले नेतृत्व गरेको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल परियोजना, लगानीका हिसाबले समेत यो निक्कै ठूलो परियोजना, विमानस्थल निर्माणमा प्रयोग गरिएका प्रविधिका हिसाबले समेत यो नेपालको हकमा पहिलो परियोजना, विमानस्थल सञ्चालनमा प्रयोग गरिएका प्रविधिको हिसाबले समेत समुन्नत परियोजना भएकाले पनि यो विमानस्थल निर्माणमा हामीले विभिन्न किसिमका नौला अनुभव र चुनौतिहरु सामना गर्नुप¥यो ।

विमानस्थल निर्माण निक्कै कम्प्लेक्स इन्जिनियरिङको स्वरुप मानिन्छ, नेपाली परामर्शदाताका रुपमा कसरी नेतृत्वको मौका पाउन सफल हुनुभयो ?
ईआरएमसीले पहिलो विमानस्थल परियोजनाका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कोरियन परामर्शदातासँग जोइन्ट भेन्चर पार्टनरका रुपमा हामीले काम ग¥यौं । त्यसबाट हामीले धेरै सिक्ने मौका पायौं । त्यसपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रनवे अपग्रेडेसनको काममा समेत कोरियन परामर्शदातासँग जोइन्ट भेन्चर पार्टनरका रुपमा काम गर्ने मौका पायौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमानस्थलको क्षमता अभिवृद्धिसँग सम्बन्धित परियोजनमा समेत सहायक परामर्शदाताका रुपमा काम ग¥यौं । यी कामहरुबाट हामीले हासिल गरेको अनुभव र हामीले नेपालका विभिन्न विमानस्थलमा विभिन्न समयमा काम गरेका प्राविधिकहरुलाई भेला पारेर लिड कन्सल्ट्यान्टका रुपमा हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रस्ताव बुझायौं र परामर्शदाताका रुपमा छनोट पनि भयौं ।
हामीले परामर्शदाताका रुपमा नियुक्ति पाउनुअगाडि केही क्षेत्रमा जमिन सम्याउनेबाहेकको काम भएको थिएन, तर ईपीसी मोडेलमा निर्माण गर्ने गरी चिनियाँ निर्माण कम्पनी सीएएमसी छनोट भइसकेको थियो । विमानस्थलको डिजाइनको प्रारम्भिक खाका बनेको थियो जसलाई परिस्कृत बनाउँदै निर्माण पक्ष र क्लाइन्ट दुवैलाई कन्भिन्स गरेर ग्रिन फिल्डबाट विमानस्थल सञ्चालनको यो अवस्थासम्म ल्याइपु¥याउनुलाई हामीले आनो ठूलो उपलब्धिका रुपमा लिएका छौं ।
यस्तो मौका दशकौंमा एक मात्र आउँछ, जसको सदुपयोग हामीले ग¥यौं । यसमा जोखिम पनि कम थिएनन् । यहाँले प्रश्नमा व्यक्त गरेझैं मौका पाउनु नै ठूलो कुरा थियो । मौका दिनेले पनि ठूलै साहस गरेको मान्न सकिन्छ । नेपालीले के नै गर्लान् र भन्नेहरु पनि नभेटिएका होइनन्, तर परियोजनाको नेतृत्व गरिरहनु भएका तत्कालीन निर्देशक प्रदीप अधिकारी यसमा धन्यवादको पात्र हुनुहुन्छ । यी सबै सकारात्मक पहलहरुको प्रतिफलका रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएर उद्घाटन हुँदैछ । यसले नेपालको विकासमा नयाँ पाटोको उजागर गरेको छ, परियोजना समयमै निर्माण सम्पन्न भएको छ । अझ कोभिड नहुँदो हो त, तोकिएको समयअगावै परियोजनाको निर्माण सम्पन्न हुने थियो । यसले स्थानीय स्रोतसाधनको प्रयोग गरेर पनि अझ राम्रो प्रतिफल हासिल हुनेछ भन्ने प्रमाणित गरेको छ ।

यो विमानस्थल निर्माणका क्रममा केकस्ता चुनौतिको सामना गर्नुप¥यो ?
ईपीसी मोडेलमा निर्माण हुन लागेको परियोजनामा निर्माण कम्पनीले क्लाइन्टका तर्फबाट परामर्शदाता नहोस् भनेर चाहनु स्वभाविक थियो । परामर्शदाता नहुँदा निर्माणको गुणस्तर र डिजाइनमा एकतर्फी निर्णय गर्नसक्ने अवस्था हुने भएकाले निर्माण कम्पनीलाई हाम्रो अस्तित्व स्वीकार्ने अवस्थामा पु¥याउन नै हामीले ठूलो रस्साकस्सी बेहोर्नुप¥यो । साँच्चै भन्नुपर्दा कुनै पनि निर्माणको क्रममा ठेकेदार र परामर्शदाताबीचमा समस्या आएन भने त्यो निर्माण नै होइन, त्यो मिलेमतो हुन्छ । हामीले पनि विमानस्थल निर्माणका क्रममा प्रशस्तै समस्या भोग्यौं । क्लाइन्ट, कन्ट्रयाक्टर र हामी एउटै टेबलमा बसेर आएका समस्याको समाधान गर्दै मार्गप्रशस्त गर्ने पद्धति हामीले बसाल्यौं । जसले गर्दा हामी पत्राचारको लेनदेनमा रुमल्लिने समस्यालाई परास्त गर्न सफल भयौं भने निर्णय प्रक्रिया पनि पारदर्शी र छिटो छरितो हुनसक्यो । अर्को ठूलो चुनौति हाम्रा लागि कोभिड १९ बन्यो, कोभिडको सुरुआतमा हामीले क्याम्पमै बसेर अझ बढी रतारमा काम गर्ने मौका पायौं, तर समयसँगै निर्माण सामग्री अभाव भएपछि भने कामै रोक्नुपर्ने अवस्था पनि आइपुगेको थियो । जसले हाम्रो लक्षित निर्माण अवधिलाई अलिक पछाडि समेत धकेल्यो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपाली इन्जिनियरिङ क्षेत्रलाई के दियो ?
नेपालको इन्जिनियरिङ जगत्ले नेपाली प्रविधि र सिपलाई अत्यधिक उपयोग गर्दै थोरै मात्र आफूसँग नभएको ज्ञान र सिपलाई अन्तर्राष्ट्रिय बजारमा अनुभव प्राप्त जनशक्ति भित्र्याएर सम्पन्न गरेको परियोजना हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । यसले नेपाली इन्जिनियरिङ जनशक्तिको क्षमता प्रमाणित मात्र गरेको छैन, हासिल गरेको अनुभव र ज्ञानको प्रयोग गरी अन्तर्राष्ट्रिय बजारमा समेत काम गर्नसक्ने सम्भाव्यताको ढोका खोलेको छ । स्वदेशमै निर्माण हुने जुनसुकै आकारका विमानस्थलको डिजाइन तथा परामर्शका क्षेत्रमा अब हामी आत्मनिर्भर बनिसकेका छौं । हामीले विमानस्थल निर्माणका लागि आवश्यक इन्जिनियरिङ जनशक्तिलाई चाहिने सबै किसिमका प्रविधि हस्तान्तरणमा ठूलो उपलब्धि हासिल गरेका छौं । यसबाहेक ठूला आकारका ईपीसी कन्ट्रयाक्टमा हामीले राष्ट्रका तर्फबाट गरिनुपर्ने तयारी र अपनाउनु पर्ने सावधानीका क्षेत्रमा प्रशस्तै ज्ञान हासिल गरेका छौं, जुन नेपालको विकासका लागि अबको दशकको सबैभन्दा महत्वपूर्ण आवश्यकता पनि हो ।

यस विमानस्थल निर्माणका क्रममा देखिएका रिठ्ठेपानी डाँडा कटान, ल्यान्डफिल साइट स्थान्तरणजस्ता विषयमा प्राविधिकहरु चुकेका देखिए नि ?
होइन, विमानस्थल सञ्चालनमा ल्याउन रिठ्ठेपानी डाँडा कटान गनुपर्ने हुनसक्छ भन्ने नोट हामी परामर्शदाताका रुपमा छनोट हुँदै थियो, ल्यान्डफिल साइट स्थानान्तरण गर्न ढिला भयो भनेर हामीले बारम्बार सम्बद्ध निकायलाई ताकेता गरेकै हौं । त्यसबाहेक वर्षायाममको पानीको बहाव व्यवस्थापन, सिञ्चाइको व्यवस्थापन जस्ता सामान्य इन्जिनियरिङका सिद्धान्तमा समेत हामीले समस्या भोग्यौं र ती विषय सञ्चारमाध्यममा चर्चामा पनि आए । तर, त्यसमा निर्माण कम्पनी, क्लाइन्ट र हामीसमेत अनविज्ञ थिएनौं । ती सबै समस्या आउन सक्नेमा सचेत थियौं । यद्धपि धेरै सरोकारवालाले समयमै विमानस्थल बनिसक्ला भन्ने अपेक्षा नगरेको कारण आफूले गर्नुपर्ने कार्यहरुमा ढिलासुस्ती भएको देखिन्छ । विमानस्थल सकिने बेलामा गरौंला भन्नेहरुले विमानस्थल निर्माणको लय सँग आफूलाई लैजान नसक्दा अलिक तालमेल खुस्किएको हो । यो अबका परियोजनाका लागि सहकार्य र समन्वयनको अवाश्यकता बुझाउने पाठ पनि हो ।

लक्षित समयमा यो परियोजना सम्पन्न हुनुका कारणहरु के के हुन् ?
यसमा क्लाइन्ट, ठेकेदार र परामर्शदातामाझ तालमेल मिल्नु नै परियोजना छिटो सम्पन्न हुनुको प्रमुख कारण मान्न सकिन्छ । नेपाली परामर्शदाता हुनुको फाइदा मान्न सकिन्छ, हामीमा यो राष्ट्रिय गौरवको आयोजना कत्ति पनि ढिला नगरी सक्नुपर्ने भावना थियो । प्राधिकरण पनि समयमा परियोजन सक्नमा कम्मर कसेरै लागि परेको थियो भने निर्माण कम्पनीले पनि आनो काममा कहिँ कतै सम्झौता गरेन । फलस्वरुप यो परियोजना अपेक्षा गरिएअनुसार अगाडि बढ्यो र नमुना परियोजनाका रुपमा निर्माण कार्यले सफलता हात पायो ।


प्रकाशित मिति : २०७९ पुष ९, शनिबार गते

धेरै पढिएको

ताजा समाचार